Websoft University

बिराट टे«ड एक्सपोमा २० करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अनुमान

बिराटनगर, पुस ५ गते । रातो तारा डट कम,मोरड व्यापार संघले आयोजना गर्न लागेको बिराट टे«ड एक्सपो २०१८ को सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएकोछ ।

आज भएको पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय नाम दिएको मेलाको १ नम्वर प्रदेशका मुख्य मन्त्री माननीय शेरधन राइले भालि दिनको ११ बजे उदघाटन गर्ने कार्यक्रम रहेको समेत जानकारी गराइएको थियो ।

अन्तराष्ट्रिय स्थरको यो मेलाले उपभोक्ता र उत्पादकहरुका बिचमा राम्रो संम्वन्ध कायम हुन सकोस भन्ने उदेश्यले यो मेला आयोजना गरिएको जानकारी गराईएको छ ।

यस मेलामा करिव २५० स्टलहरु रहने र यहा दैनिक उपभोग्य बस्तु देखि खाने देखि हेर्ने, गुडने र निमार्ण समेतका सामानहरु प्रदर्शनमा राखिने भएकोछ ।

सुरक्षाको पुर्ण व्यवस्थाअपनाई १०० बढी सिसि टिभि क्यामरा र २४ घन्टा सुरक्षाको व्यवस्था,बीमा,उपचारको व्यवस्था, गरेको समेत जानकारी गराउनु भएकोछ ।

सर्वसाधारणहरुलाई मेला प्रवेश प्रतिव्यक्ति रु ६० टिकट दर राखिएकोछ भने पुस ६ गते देखि १४ गते सम्ममा करिव रु २० करोड को कारोवार हुने आयोजकहरुले अनुमान गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.