Websoft University

सीपयुक्त कामदारको परिश्रमबाट समृद्धि हासिल गर्ने प्रधानमन्त्रीको भनाइ


 काठमाण्डौं,पुस ३ गते । रातो तारा डट कम,प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गर्दै नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेकोमा जोड दिनु भएको
छ ।

योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण भएको उहाँको भनाइ छ । बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीकोे सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धि महासन्धीको नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हक,अधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.