Websoft University

लागूऔषध सहित भारतीय नागरिक पक्राउ


झापा, मंसिर २५ गते । रातो तारा डट कम,झापाको गौरीगंज गाउँपालिका-२ भाकुरमारीबाट प्रहरीले अवैध लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले भारत  किसनगंज थाना लोहागाडा-३ बस्ने वर्ष ५३ को गणेश मण्डललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध Codeine phosphate and Chlorpheniramine  maleate  syrup-6  बोतल, Dextromethorphan  hydromima and  clorpheniramine  maleate syrup eskup  dx-२   बोतल र Dextromethorphan  hydromima and  clorpheniramine  maleate syrup cocas dx-१ बोतल फेला पारी बरामद गरेको हो ।

बरामद लागूऔषध सहित मण्डललाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.