Websoft University

साङ्लोमा बाँधिएका चौधरीको उद्धार

नानीमैया कटवाल 
सप्तरी। बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ। राससकाे यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार पीडितको उद्धार भएको हो। 
अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ का चौधरीलाई हेटौँडास्थित आश्रम लगी उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए। आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी र साधक सन्त लामाले साङ्लो खोली चौधरीलाई लिएर हेटाैंडा गएका हुन्।
उद्धारका समयमा प्रतिनिधिसभा सदस्य सरीता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नं १ का अध्यक्ष सुशील चौधरी, वडा नं ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि पोखरेललगायत पीडितको घर पुगेका थिए। 
उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाथ थिए। 
बड्तौलाका अनुसार चौधरीलाई मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीबाट नियमित उपचार गराउनुपर्ने बताए। लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा दासले उमाकान्तको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गर्नुपर्ने बताए। 
तीन छोरी र मानसिक रोगी श्रीमान्को जीविकोपार्जनका लागि अर्काको खेतमा दिनरात मजदुरी गर्दै आएकी पीडितकी श्रीमती सुशीलादेवी चौधरीले आर्थिक अभावले पतिको उपचार गर्न नसकिएको स्थितिमा सहयोग मिलेको बताइन्। रासस
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.