Websoft University

सवारी दुर्घटनामा बालकको मृत्यु


सुमसरी, पौष ११ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-७ मा भएको सवारी दुर्घटनामा परी ८ बर्षीय बालकको मृत्यु भएको छ ।

मंगलवार अपरान्ह १६:५५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको DL 3 CBM 1398 नम्बरको जिपले कोशी गाउँपालिका-७ हरीपुर बस्ने बिध्यानन्द सदाको छोरा बर्ष ८ को आनन्द सदालाई ठक्कर दिंदा  उनी गम्भीर घाईते भएका थिए।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा साँझ १७:२५ बजे मृत्यु भएको थियो ।  जिप चालक र जिप दुवै सिमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.