तेह्रथुम, पौष ९ गते । रातो तारा डट कम,तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा आइतवार आगलागी हुँदा अन्दाजी १८ लाख १४ हजार मूल्य बराबरको क्षति भएको छ ।
बिहान करिब साढे ६ बजे सोही स्थान बस्ने दिल बहादुर कार्कीको घरमा सोलार प्यानलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा कार्कीको फुसको छानो भएको ३ तले घर, घरमा रहेको किराना पसल, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर नष्ट भएको छ ।
उक्त स्थानमा प्रहरी चौकी पोक्लावाङबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा बिहान पौने ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Post a Comment