Websoft University

जिप दुर्घटनामा चालक गम्भीर घाइते

{फायल फोटो}
सोलुखुम्बु, मंसिर २४  गते । रातो तारा डट कम,सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ राईडाँडा भन्ने स्थानमा आईतवार बोलेरो जिप दुर्घटनामा परि जिपका चालक गम्भीर घाइते भएका छन् ।

 बिहान ७;१५ बजे भित्री सडक खण्ड अन्तर्गत सल्यानबाट सल्लेरी चल्ने ना.१ ज. ३६६० नम्बरको
बलेरो जिप यात्रु लिनको लागि राई डाँडा जाने क्रममा कच्ची सडक खण्डको घुमाउरो बाटोमा पछाडी सार्ने क्रममा सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि जिपका चालक सोलुखुम्बु नेचासल्यान गाउँपालिका- १ फेदी बस्ने बर्ष २५ को नवराज ढुंगाना गम्भीर घाइते भई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सल्यान हुँदै थप उपचारको लागि सवा १० बजे हेलीकोप्टरद्वारा काठमाण्डौ पठाईएको इलाका प्रहरी कार्यालय नेचाले जनाइको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.