Websoft University

बन मुद्धाका फरार प्रतिवादी पक्राउ


मोरङ, पौष ५ गते । रातो तारा डट कम,सम्मानित मोरङ जिल्ला अदालतबाट बन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको सम्मानित जिल्ला अदालत मोरङ्गको फैसलाले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा र १ महिना १५ कैद सजाय तोकिएको थियो ।

बिहान पौने १० बजे आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलवारवाट खटिएको प्रहरी टोलीबाट पक्राउ परेका राईलाई सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईने उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.