Websoft University

विश्वविद्यालय तोडफोड -कुर्सी समेत जलाए

काठमाडौ-कञ्चनपुर,पुष ५ गते । रातो तारा डट कम, कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राचार्यले मनोमानी रुपमा शिक्षक र कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

विश्वविद्यालयका प्राचार्य डा। भुपेन्द्र बिष्टविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक र कर्मचारीको कुर्ची जलाएका छन् । प्राचार्य विष्टले प्रक्रिया मिचेर आफुखुसी शिक्षक तथा कर्मचारी भर्ना गरेको विद्यार्थीको आरोप छ ।

बुधवार यहाँका चार विद्यार्थी संगठनहरुले विश्वविद्यालयका प्राध्यापक र कर्मचारीका कुर्सी जलाएर नारावाजी गरेका
छन् । विरोधमा उत्रिएका विद्यार्थी नेताहरुले विश्वविद्यालयमा तोडफोड पनि गरेका छन् । यसअघि आइतवार पनि विद्यार्थी संगठनहरुले प्राचार्य बिष्टको पुत्ला दहनका साथै कार्यालयमा तोडफोड गरेका थिए।

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएको हो।

प्रक्रियानै पुरा नगरी भर्ना गरिएका शिक्षक र कर्मचारीहरुलाई खारेज गर्नु पर्ने उनीहरुको माग छ । तत्काल आफ्नो माग पुरा नभए आफुहरु जस्तो सुकै कडा कदम चाल्न बाध्य हुने नेपाल विद्यार्थी संगठनका नेता किशोर जोशीले बताए।

विश्वविद्यालयका प्राचार्य बिष्टले कुनै सुचना नै ननिकालेर आफु खुसी र राजनितिक भागबन्डाका आधारमा आफ्ना नातेदारहरुलाई भर्ना गरेको विद्यार्थी संगठनहरुको आरोप छ।

यद्यपी प्राचार्य बिष्टले भने भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा शिक्षक नियुक्त गरेको दाबी गरेका छन् । उनले पुर्णकालका लागि नभई पार्ट टाइमका लागि कर्मचारी राखेको प्रतिकृया दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.