{फायल फोटो}
काठमाण्डौं,मंसिर २१ गते । रातो तारा डट कम,विद्यालयमा कार्यरत महिला कर्मचारीले पनि तलब सहित कम्तीमा ९८ दिन प्रसुति बिदा पाउने भएका छन् ।
महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि गरी तलब सहित कम्तीमा ९८ दिन बिदा दिन शिक्षा तथा मानव विकास स्रोत केन्द्रले आफ्ना मातहतका निकायलाई परिपत्र गरेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ को उपदफा १ मा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिने व्यवस्था अनुसार बिदा दिन निर्देशन दिइएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

Post a Comment