Websoft University

अबैध समान सहित २ पक्राउ

मोरङ, पौष १२ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१४ जतुवा चोकबाट भन्सार छली गरी ल्याएको अबैध समान सहित २ जना पक्राउ परेका छन् ।

 सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-३ बस्ने बर्ष २८ को अनिल कुमार साह र बर्ष ३० को जिवस साहलाई भन्सार छली गरी ल्याएको  ६६,२००  मुल्य बराबरको लत्ताकपडा र खाद्यान्न सहित पक्राउ गरेको हो ।

बरामद समान सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.