Websoft University

१७ करोडको लागतमा फलफु तथा तरकारी थोक व्पापार केन्द्रको निर्माण अन्तिम चरणमा



बिराटनगर, मंसिर २८ गते । रातो तारा डट,कम,कृषि तथा पसुपालनका क्षेत्रमा काम गर्दै आएको प्याक्ट् ले २०६८ सालमा तत्तकालिन कटहरी गा बि स संग गरेको सम्जौतालाई टेकेर नेपाल सरकारले २०७४ साल पुसमा व्यवसायिक कृषि व्यपार आयोजनाको काम अगाडि बढाउन जनपृय मा बि कटहरी, ४–२– ० र कटहरी गा बि स ले ०–१८–०, गरी जम्म ५–०–०,पाँच बिगहा उपलब्ध गराएको जमिन एक वर्ष अगि सिलन्यास गरिएको थियो ।

नेपाल सरकारले कृषि क्षेत्रमा लागेका कृषकहरुको जीवन स्थर उकास्न कामाण्डौंमा पुस्प र तरकारी थोक बजार, पुटवल र बिराटनगरमा व्यवसायिक कृषि थोक बजार जनकपुर र दमकमा पसु बजार खोल्ने निर्णय गरे पछि कृषि क्षेत्र र कृषहरुमा एक किसिमको सकारात्मक तरङ्ग नै पैदा भएको थियो ।

अहिले सबै ठाउका यि कृषि थोक बजार र पसु बजार बनिरहेका छन भने बिराटनगरको कृषि थोक बजार बनिसकि उदघाटनको चरणमा पुगेकोछ । भुमि कंन्ट्रशन प्रा लि का पो. अभिनास बोहरालाई रिपोर्टिक्ष्का क्रममा स्थलगत चै भेटिएन ।

व्यवसायिक कृषि व्यापार आयोजना काठमाण्डौंका वरिष्ठ आयोजना अधिकृत दिनेश प्रसाद सापकोटा संग भेटेर रातो तारा का संम्पादक तेजेन्द्रबहादुर भण्डारीले कुरा गर्दा, वहाँ यस क्षेत्रका कृषहरुको फाइदाको लागि यो थोक कृपि बजार यहाँ स्थापना गरिएको हो र यहा ठुला ठुला दुइ सपिङ्ग हल छन भने एउटामा कृषकले उत्पादन गरेर ल्याएको फलफुल तरकारी होल सेलर हलमा जम्म गरिने र त्यहीबाट रिटेलर हलमा पठाईने छ । होलसेलर हलमा ४० स्टल र रिटेर हलमा ३५ स्टलहरु रहने कुरा बताउनु भयो ।

सापकोटाले जानकारी दिनुहुदै अगि भन्नु भयो–कृषि थोक बजार संन्चालनमा आए पछि यसक्षेत्रको कृषि उत्पादनमा बृद्घि हुने र कृषकहरुले आफनो उत्पादनको उचित मुल्य पाउनेछन भन्दै, यो १ नम्वर प्रदेशमा उत्पादन गरेका फलफुल तरकारी नेपालका अन्य शहर र प्रदेश सम्म जानेछ भने यहाँ बाट छिमेकि देश भारतका बिभिन्न शहहरुमा पनि निकासी हुनेछ भन्नु भयो ।

दिनेश प्रसाद सापकोटाले दिएको जानकारी अनुसार व्यवसायिक कृषि थोक बजार निर्माणमा बिश्व बैंक ले नेपाल सरकारको आयोजना प्याक्ट् मार्फत रु १२ करोड र नेपाल सरकारको ५ करोड गरि जम्म रु  १७ करोड खर्च भइ निर्माणको काम अन्तिम चरणमा पुगेकोछ ।

कृषि थोक बजार संन्चालनमा आए पछि यस क्षेत्रका कृषहरुलाई कस्तो प्रभाव पार्नेरहेछ भनेर कहरी १ का कृषकहरु संग पनि कुरा गरेका थियोै– दश वर्ष देखि तरकारी खेतीमा लागेका तरकारी कृषक मुसही राजवंशी भन्नु हुन्छ, सरकारले हाम्रो क्षेत्रमा तरीकारीको थोक र खुद्रा बिक्री केन्द्र खोलिदिएर राम्रो भएको धारणा राख्नु भयो ।

तरकारी कृषक बुनिलाल राजवंशी ले आफनो कुरा राख्दैभने अव हाम्रा युवाहरुले बिदेश जानु पर्दैन किन कि यही अव तरकारी खेती गरेर हाम्रै माटोमा सुन फलाउनु पछ र सरकारले युवाहरुलाई बिदेश पठाउनु हुदैन भने ।

त्यसैगरी अर्का कृषक राजकुमार यादवले कृषि थोक बजारको बारेमा सकारात्मक धारण राख्दै, अव सरकारले कृषिमा क्रान्ति ल्याउनै पर्छ यो सकारात्मक कुराको सुरुआंत हो भने ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.