Websoft University

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


सुनसरी, पौष २ गते । रातो तारा डट कम,सुनसरीको ईठहरी उप-महानगरपालिका- ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त  ५६८५ न.को ट्याक्टरले सोही दिशाबाट आइरहेको को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

बिहान पौने १२ बजे ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक इटहरी-५ बस्ने बर्ष ४० को शालिग्राम निरौला र मोटरसाईकलको पछाडी सवार रहेका सुनसरी बराह नगरपालिका-९ बस्ने बर्ष ५० को हेमराज कोइरालालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुबै जनालाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते निरौलाको दिउँसो सवा १ बजे सोही अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने घाइते कोइरालाको सोही अस्पतलामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.