Websoft University

लागूऔषध सहित १ युवक पक्राउ

{फायल फोटो}

मोरङ, मंसिर ३  गते । रातो तारा डट कम, लागूऔषध सहित प्रहरीले सोमवार १ युवकलाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट प्रहरीले लागूऔषध सहित भक्तपुर अनन्त-लिंगेश्वर नगरपालिका-४ बस्ने बर्ष २४ को राजेश न्यौपानेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका न्यौपानेलाई शंका लागि चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न भागमा लुकाई राखेको अवस्थामा लागूऔषध नाईट्रोसन ट्याब्लेट-१०० चक्की र नाईट्राभेट- ६०० चक्की फेला पारी बरामद गरेको र इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.