Websoft University

मोटरसाईकल दुर्घटनामा चालक गम्भीर


मोरङ, पौष १ गते । रातो तारा डट कम,मोरङको वुढीगंगा गाउँपालिका-२ तेतरिया तिताडी भन्ने स्थानमा मोटरसाईकल दुर्घटनामा परि १ जना घाइते भएका छन् । 

अपरान्ह साढे ४ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ ख  ५९३६ नम्बरको को ट्रिपरलाई सोही दिशा तर्फ जाँदै गरेको को २५ प २५९४ नम्बरको मोटरसाईकले ओभरटेक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक सुन्दर-हरैचा नगरपालिका-२ बस्ने बर्ष-१८ को शिव कुमार चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते चौधरीलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । 

 दुबै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.