विराटनगर,पुस १४ गते। रातो तारा डट कम,नेपाल अण्डा उत्पादक संघ मोरङको आयोजनामा मोरङ जिल्ला भरका अण्डा उत्पादक किसानहरुको भेला आज शनिबार विराटचोकमा सम्पन्न भएको छ ।
संघका जिल्ला सभापति विनोद अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्लाका ३५ लेयर्स फर्मका सञ्चालकहरुको सहभागीता रहेको थियोे ।
विभिन्न महत्त्वपूर्ण विषयहरुमा छलफल गर्दै कार्यसमितिको विस्तार ,अन्डाको किसान मुल्य साइज अनुसार १ जनार ९ सयदेखि २ हजार १ सयसम्म प्रति कार्टुनले विक्री गर्ने निर्णय गरेको सभापति अधिकारीले बताए ।
Post a Comment