फायल फोटो
काठमाण्डौं,पुस ४ गते । रातो तारा डट कम,नेपालमा आलु उत्पादन बढाउनका लागि सरकारले यस वर्ष थप ११ वटा कोल्डस्टोर बनाउने भएको छ । नेपाललाई आलुमा आत्मनिर्भर बनाउका लागि सरकारले ल्याएको योजना अन्र्तगत चालु आर्थिक वर्षमा थप ११ वटा आलु भण्डारण केन्द्र बनाउने लक्ष्य लिएको हो ।
नेपालमा हाल वर्षेनी झन्डै २७ लाख टन आलु उत्पादन हुने भएपनि नेपालमा खपत हुनेमध्ये १० प्रतिशत आलु भारत, भुटान सहित अन्य मुलुबाट आयात गर्नुपर्छ । बाँकी रहेको १० प्रतिशत आलुको आयातलाई कम गर्न सरकारले आलुको बजारीकरणमा पनि विशेष ध्यान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले सीआईएनसँग बताउनुभयो ।
उहाँले आलु उत्पादन बढाउनका लागि उन्नत जातको बिउ, गुणस्तरयुक्त मल, सिचाईँको उचित व्यवस्था, कोल्डस्टोर निर्माणमा विशेष ध्यान दिईने बताउनुभयो । उहाँले आलु उत्पादक किसानलाई व्यवसायीक रुपमै आलु खेतीमा लाग्नका लागि प्रोत्साहन गर्न सरकारले डडेलधुरा र काभ्रेलाई आलुको सुपरजोन पनि घोषणा गरिसकेको जानकारी गराउनुभयो ।

Post a Comment