Websoft University

डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद


झापा, पौष ९ गते । रातो तारा डट कम,झापाको मेचीनगरनगरपालिका-७ ईट्टाभट्टाबाट प्रहरीले अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख मूल्य बराबरको सवारी साधनको पार्टस र अन्दाजी ५० हजार मूल्य बराबरको ६ थान रोल कपडा बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काँकड्भिट्टाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.