{फायल फोटो}
विराटनगर, पौष १० गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अनतर्गत मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पूर्व पश्वचिम राजमार्ग अन्तर्गत मोरङको बेलवारी नगरपालिका-१० पेट्रोलखानी जंगलमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।
आईतवार दिउँसो साढे २ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख ४८१३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको मे ८ प १८७८ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने बर्ष-२२ को प्रबिन तामाङ र पछाडी सवार झापा बुद्धशान्ति गाउँपालिका-४ बस्ने बर्ष ४० की नरमाया तामाङ घाइते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाइते दुबै जनालाई उपचारको लागि धरान स्थित वि.पी. कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दुबै जनाको अपरान्ह पौने ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । त्यसैगरी मोरङकै सुन्दर-हरैचा नगरपालिका-७ गोठगाँउमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ क १४६८ नम्बरको दुध बोक्ने ट्रकले विपरित दिशाबाट आउँदै गरेको ठेलालाई ठक्कर दिएको थियो । ठक्करबाट ठेला चालक सुन्दर हरैँचा नगरपालिका-२ बस्ने वर्ष ४५ को चन्दन चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतको शव परिक्षणको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment