Websoft University

श्रमिकको हकहितका लागि आफू ‘तोप’ बन्न तयार रहेको श्रममन्त्री बिष्टको भनाइ


काठमाण्डौं,पुस ४   गते । रातो तारा डट कम,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको हकहितका लागि आफू ‘तोप’ बन्न तयार रहेको बताउनुभएकोछ । १८ औं विश्व आप्रवासन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । श्रमिकको हितमा निर्णय गर्दा दलालले अफ्ठ्यारोमा पार्ने गरेको संकेत गर्दै उहाँले त्यस्ता प्रयत्नलाई निस्तेज पार्न आफू तोप बनेर खडा हुने बताउनुभयो ।

उहाँले सुधारका असल प्रयत्नलाई रोक्न अनेकन प्रयास हुने गरेको बताउनुभयो । श्रम बजारमा सुधारका लागि काम गर्दा अदृश्य, अपारदर्शी, गैरकानूनी शक्ति संयन्त्र हावी बन्ने गरेको उहाँको भनाइ छ । त्यस्ता अदृश्य शक्ति संयन्त्रलाई परास्त गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उहाँले बताउनुभयो ।

क्रमशः सुधारका कामहरु अघि बढेको बताउँदै मन्त्री विष्टले पर्याप्त अभ्यास गर्दै जान सके वैदेशिक रोजगारीको क्षेत्रमा राजमार्ग तयार हुने दाबी गर्नुभयो । श्रम बजार, श्रमिकको बीचमा पुलको भूमिका निर्वाह गर्न आवश्यक संयन्त्र तथा माध्यमलाई थप सहज, सरल, प्रभावकारी बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका क्षेत्रमा दुखः पाउने समय सकिँदै गएको उहाँले सुनाउनुभयो । यसैबीच दिवसकै अबसरमा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले १० बर्षमा वोर्डले गरेका कामको प्रगतीबारे स्मारिका सार्वजनिक गर्नुका साथै नयाँ वेवसाइट पनि सुरु गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.