Websoft University

कुटपीटबाट १ घाईते


सुनसरी, मंसिर १६ गते । रातो तारा डट कम,सुनसरीको हरिनगरा-१ मा छिमेकी छिमेकी बिच बादबिबाद भई कुटपिट हुँदा १ जना घाईते भएका छन् ।

शनिवार दिउँसो १२:३० बजेको समयमा घरायशी बिषयमा छिमेकी छिमेकी बिच बादबिबाद हुँदा सोही स्थान बस्ने रहमान अन्सारी र जावेद अन्सारीले छिमेकी ५० बर्षीय महिरमान मियालाई कुटपिट गर्दा उनी गम्भीर घाईते भएका थिए ।

घाईतेलाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि बिराटनगको गोल्डेन अस्पताल पठाएको छ भने कुटपिटमा संग्लग्न रहेका दुवै जनालाई तत्काल नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.