Websoft University

गाउलेहरूले जिल्ला अदालत उदयपुरमा बुधबार घेराऊ गरे

श्याम राई, उदयपुर-गाईघाट,पुस ४ गते । रातो तारा डट कम,नापीका कर्मचारीको बदमासीले एउटा व्यक्तिको घर जग्गा भएको नक्सालाई परिवर्तनगरि अर्कै व्यक्तिको नाममा कायम गरेको घटना प्रति स्थानीय बासिन्दाले न्यायको लागि जिल्ला अदालत उदयपुरमा बुधबार घेराऊ गरेकाछन् ।

त्रियुगा नगरपालिका वडा न. १२ दुर्गा टोलका बासिन्दाहरुले दिउसो नाराबाजी गर्दै अदालत परिसर पुगेर न्यायको लागि करिब २ घण्टा घेराऊ गरेका थिए । उनीहरुले अदालतबाट पिडितले न्याय पाउने आश गर्दै अदालतलाई सचेत गराऊन घेराऊ गर्नु परेको बताएकाछन् ।

दुर्गाटोलस्थीत सन्जु अधिकारीले २० औं वर्षदेखि बसोबास गर्दै आएको घर जग्गाको नक्सा अशोक कुमार साहले नापी कर्मचारीको मिलिमतोबाट संशोधनगरि आफनो नाममा पारेको घटनालाई लिएर स्थानीयहरुले केही दिनदेखि विरोध गर्दै आएका थिए ।

असोक कुमारले त्रियुगा नगरपालिका १२ वडा कार्यालयबाट वडा अध्यक्ष जय विक्रम राईको किर्ते हस्ताक्षर र छाप बनाई किर्ते सिफारीस बनाएर उक्त जग्गाको नक्सा संशोधन समेत गरेका थिए । उक्त संशोधित नक्सा अनुरुप नै साहले अधिकारीको नामको जग्गा आफनो नाममा पारेका थिए ।

वडा अध्यक्ष राईले साहले आफनो किर्ते हस्ताक्षर प्रयोग गरि किर्ते सिफारीस बनाएकोले उनी माथि कार्यवाही गरिपाऊ भनी गत साउनमै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले अझै उनी माथि कुनै कार्यवाही गरेको छैन ।

जिल्ला अदालत उदयपुरमा साह र रन्जुबीच मुद्दा चल्दै आएको छ । रन्जुको कि.न. ११४३ रहेकोमा नापीको कर्मचारीले त्यसलाई परिवर्तनगरि ९१७ बनाएको पिडित रन्जुकी श्रीमान् ईन्द्र वहादुरले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.