Websoft University

मानव अधिकार दिवस- सलकपुर देखि खोर्साने सम्म बृहद ऱ्याली

शिव भट्टराई -मोरङ मंसिर २४गते । रातो तारा डट कम,
देशभरी मानव अधिकार दिवस मनाउने क्रममा आज "सामाजिक सद्भाव मानव अधिकार मैत्री र समतामुलक समाजको निर्माण हाम्रो अभियान" भन्ने मूल नाराका साथ मोरंगको सलकपुर देखि लिएर खोर्साने सम्म बृहद ऱ्याली सम्पन्न भएको छ।

१०औ मानव अधिकार राष्ट्रिय महाभेला-२०७५ तथा ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवस-२०१८ को अवसरमा option nepal team मोरंगको सुन्दरहरैचाद्वारा आयोजना गरिएको यस ऱ्याली मन्जू रेग्मीको संयोजक्तामा सम्पन्न भएको छ।

यस बृहद ऱ्यालीमा 'हत्या हिंसा बन्द गर' , 'हाम्रो इज्जत हामीलाई प्राण भन्दा प्यारो छ' , 'बलात्कारीलाई फाँसी दे', यस्तै नारा गुन्जिएको थियो यस ऱ्यालीमा बिभिन्न स्थानीय व्यक्तित्व , महिला ,पुरुष ,मजदुर,बालबालिका,शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो।

यस ऱ्यालीमा महिला हक हितका लागि न्याय माग्न सबै सबै मानिसहरु लागि परेका थिए।कार्यक्रमको अन्तिममा कोण सभामा महिला अधिकारको बिषयमा सरकारले चासो नदेखाएको कुरा ऱ्यालीमा सहभागी महिलाहरुले बताएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.