Websoft University

साढे १० किलो गाँजा सहित १ पक्राउ


उदयपुर, पौष ९ गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालिका-३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।

आईतवार दिउँसो १२ बजेको समयमा  ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका-३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटार बाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका-७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो ।

 मोटरसाईकल चालक भोजपुरकै बर्ष ३० को राम श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास भईरहेको साथै पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.