Websoft University

हुम्लामा हिमपात, उत्तरी क्षेत्रको जनजीवन कष्टकर


काठमाण्डौं,मंसिर २८  गते । रातो तारा डट कम,हुम्ला लगायतका कर्णालीका जिल्लामा हिमपात शुरु भएको
छ । हिजो बेलुकादेखि हिउँ पर्न थालेपछि हुम्लामा दैनिकी कष्टकर भएको छ । हुम्लामा यसवर्ष यो दोश्रोे पटक हिमपात भएको हो ।

हुम्लाको उत्तरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमि लगायतका उत्तरी भेकका गाउँहरुमा हिमपात भएको हो ।

 हुम्ला लगायतका कर्णालीका जुम्ला, मुगु, डोल्पा, बझाङ्ग, बाजुराका उत्तरी क्षेत्र हिउँले सेताम्मे भएको छ । हिमपातले गर्दा अत्यधिक चिसो बढेको छ ।

सामूदायिक  तथा निजी विद्यालयमा बार्षिक परीक्षा दिने विद्यार्थीलाई समस्या भएको छ । हुम्लाको तापक्रम माईनस ७ डिग्री पुगेको छ । हुम्लाकोे उत्तरी नाम्खा गाउँपालिका लिमी गाउँमा एक फिट भन्दा बढि हिउँ जमेको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.