Websoft University

सरकारले जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय फेरि स्थापना गर्ने


काठमान्डौ, मंसिर २३ गते । रातो तारा डट कम,सरकारले यसअघि खारेज गरेका जिल्ला स्वास्थ्य÷ जनस्वास्थ्य कार्यालय फेरि स्थापना गर्ने भएको छ । सरकारले ७७ वटै जिल्लामा रहेका कार्यालय खारेज गरेर यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरेको थियो ।

तर स्थानीय सरकारलाई स्वास्थ्यमा समन्वय गर्न कठिन भएको भन्दै जनस्वास्थ्य कार्यालय फेरि राख्ने निर्णयमा सरकार पुगेको हो । ३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज गर्दै ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्रप्रसाद श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।

अघिल्लो संरचनामा जिल्ला स्वास्थ्य जनस्वास्थ्य खारेज गरी प्रदेश मातहतमा रहने गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना हुने व्यवस्था गरिएको थियो । श्रेष्ठका अनुसार प्रदेश सरकारको जिम्मा रहेका काम जिल्लाबाटै गर्नुपर्ने भएकाले कार्यालहरु स्थापना गर्न लागिएको हो । उहाँले अब संरचना भने सानो र चुस्त बनाउने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.