Websoft University

भगिमानसिंह स्मृति फुटबलमा सुनसरी र झापा खेल्दै


काठमाण्डौं,पुस ४ गते । रातो तारा डट कम,तेह्रथुमकै सर्वाधिक राशीको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा आज झापा र सुनसरीबीच खेल हुँदैछ ।
म्याङलुङ नगरपालिका–२ स्थित मैदानमा भइरहेको प्रतियोगितामा दिउँसो १ बजे झापा र सुनसरीबिच प्रतिष्पर्धा हुने आयोजक भगिमानसिंह स्मृति प्रतिष्ठानका प्रचार प्रसार संयोजक जुली सुब्बाले बताउनुभयो ।

यसअघि हिजो भएको खेलमा इलाम र पाँचथर विजयी भएका छन् । म्याङलुङ नगरपालिका–२ स्थित मैदानमा हिजो भएको  खेलमा माइभ्याली फुटबल क्लब इलामले ताप्लेजुङलाई १–० गोलले र फिदिम स्पोर्टिङ क्लब पाँचथरले मोरङलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पुष ७ गतेसम्म सञ्चालन हुने
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.