झापा, मंसिर २१ गते । रातो तारा डट कम,झापाको बाह्रदशी गाउँपालिका-६ बिहीबारे भन्ने स्थानमा काठ चिरान गर्ने मिलमा
हातको पञ्जा काटिएर १ जना घाइते भएका छन् । दिउँसो १ बजेको समयमा सोही स्थानमा रत्न बहादुर लिम्बुले संचालन गरेको काठ चिर्ने मिलमा कामदारको रुपमा काम गर्दै आईरहेका झापा मेचीनगर नगरपालिका-१० लालपानी बस्ने बर्ष ३५ को खड्ग बहादुर क्षेत्री घाइते भएका हुन् ।
काठ चिर्ने क्रममा मेशिनले क्षेत्रीको वाँया हातको पञ्जाको भाग काटिएर छिनेको छ । उनको झापा बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले
जनाएको छ ।
Post a Comment