Websoft University

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

फायल फोटो,

काठमाण्डौ,मंसिर २४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हँुदैछन् । पहिलो खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने यी दुई टोलीबीचको खेल विहान ११ बजेबाट सुरु हुनेछ ।

 त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र  मछिन्द्रबीचव प्रतिस्पर्धा हुनेछ । आर्मी र मनाङ जारी लिगका उपाधि दाबेदार टोली हुन् । आजको खेलबाट शीर्ष तीन क्लबले हासिल गरेको समान अंकले समेत उपाधि माथिको प्रतिस्पर्धा प्रष्ट देखाउने छ । मनाङ १८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

तर समान अंक भएपनि मनाङले हेड टु हेडका आधारमा थ्री स्टारलाई पछाडी पारेको छ । तेस्रो स्थानको संकटाको समेत समान १८ अंक छ । तर गोल अन्तरका आधारमा संकटा पछाडी परेको छ । ब्रिगेड ४ अंक सहित ११ औ स्थानमा रहदाँ मछिन्द्र ३ अंक सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.