Websoft University

जंगली हात्तीद्वारा क्षति

{फायल फोटो}
उदयपुर, मंसिर १८  गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा गए राती जंगली हात्ती गाउँ पसेर अन्नबाली नष्ट गरेको छ ।

नजिकै रहेको जंगलबाट निस्केको ४ वटा हात्तीको समूहले सोही स्थान बस्ने टिकाराम दाहाल र बिक्रम दाहालको घरको भुईतला भत्काएर घर भित्र रहेको चामल १ क्वीन्टल, मकै ३० किलो र ५० किलो चोकर नष्ट गरेको छ ।

उक्त हात्तीको समूहलाई प्रहरी र स्थानीयबासीको सहयोगमा सृजना सामुदायिक बन (खैरा जंगल) तर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.