Websoft University

नागरिकता किर्ते मुद्धाका ६ प्रतिवादी पक्राउ


मोरङ, पौष ६  गते । रातो  तारा डट कम, प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जना प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ ।

सम्मानित जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका-२ बस्ने बर्ष ३८ को रामप्रित पासवान, बर्ष ५५ को पन्चु साह, बर्ष ६५ को सुर्य नारायण साहतेली, बर्ष ५५ को डोमी पासवान, बर्ष ३५ को श्रवण कुमार साह र बर्ष ४५ को रविलाल मण्डललाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल श्रावण १६ गतेको फैसलाले उक्त मुद्धामा जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो ।

दिउँसो २ बजे गोपय सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-२ मा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका ६ जनालाई नै  सम्मानित अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.