काठमाण्डौं,पुस ३ गते । रातो तारा डट कम,नेपाल बिद्युत प्राधिकरण वितरण शाखा बझाङमा मिटर बक्स नहुदा सेवाग्राही मर्कामा परेका छन । बझाङ जिल्लामा राष्ट्रिय प्रसारण लाईन जडान भएको एक महिना बितिसक्दा पनि नेपाल बिद्युत प्राधिकरण बझाङ शाखाका कर्मचारीका लापरवाहीका कारण मिटर बक्स वितरण नहुदा सेवाग्राही मारमा परेका हुन् ।
बझाङ जिल्लामा राष्ट्रिय प्रासारण लाईन जडान भएको एक महिनाभन्दा बढी हुँदा पनि मिटर बक्स नहुदा अन्धकारमा बस्न बाध्य भएको सुर्मा गाँउपालीका वडा नम्बर ४ का लालबहादुर वोहराले बताउनुभयो । प्राधिकरण बझाङ वितरण शाखामा अहिलेसम्म ७० जनाले नयाँ मिटर बक्स लिनको लागि निवेदन दर्ता गराएका छन ।
प्राधिकरण बझाङ वितरण बझाङ शाखाका प्रमुख राकेश भट्टले भने एक हप्ता भित्र मिटर बक्स आउने बताउनुभएको छ ।
Post a Comment