Websoft University

विराट ट्रेड एक्स्पोमा दर्शक र मेलाको अवलोकन गर्ने को भिड बड्दै-सात करोडको कारोबार भयो

मोरङ पुस ९ गते । रातो तारा डट कम,विराटनगरर शुक्रबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोमा सात करोड भन्दा बढीको कारोवार भएको बताइएकोछ । अन्तर्राष्ट्रिय ब्यापार मेला सुरु का दिन देखि सात करोड रुपैयाँ बराबरको कारोवार भएको बताएको छ ।

नेपाल भारत बंगलादेश,पाकिस्तानका २५० स्टलहरुबाट सात करोड भन्दाबढी कारोवार भएको मेला आयोजक समिति संयोजक अनुपम राठीले जानकारी दिए । ‘तीन दिनमा उल्लेख्य कारोवार भएको छ,’उनले भने,‘दैनिक तीन करोड भन्दाबढी कारोवार भएकोछ ।’ राठीले आइतबार मात्र तीनवटा गाडी बुक भएको बताए ।

राठीका अनुसार आइतबार ९ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । अहिले बढी  भन्दा बढी दर्शकले मेलाको अवलोकन गरिरहेकाेे बताइएको छ । पुस १४ गते सम्म चल्ने विराट ट्रेड एक्स्पोमा पाकिस्तानबाट लेदर र बंगलादेशबाट गार्मेटका स्टलहरु पनि आएकाछन् ।

एक्सपोमा रहेका २५० स्टलहरु मध्ये २५ वटा स्टलहरु अन्तराष्ट्रिय छन् । प्रदर्शनी कक्षमा अटोमोवाइल्स,बैंक तथा बित्तीय संस्था,मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी,निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण,कृषि तथा जडिबुटी,पर्यटन,दैनिक उपभोग्य सामग्री, हस्तकला,तयारी पोषाक र जुत्ताचप्पलको स्टलहरु छन् ।

एक्पोको आकर्षणकोरुपमा हेलिकोप्टर यात्रा समेत सन्चालन गर्ने आयोजकले जानकारी गराएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.