Websoft University

तेजाबले सुन सफा गर्ने भनेर ठगिगर्दै हिड्ने २ भारतीय पक्राउ


सुनसरी मंसिर २७ गते । रातो तारा डट कम, आजअन्दाजी ४  बजेको समयमा जिल्ला मोरंङ सुन्दरहरैचा नगरपालिका वार्ड नं.३ बस्ने अमृता कोइरालाको घरमा सुन सफा गर्ने भन्दै ठगि
गर्न खोजे पछि दुई भारतीय नागरिक पक्राउ परेकाछन ।

मधेपुरा भारत घर बताउने अन्दाजी ३०बर्षको लखन शर्मा र अन्दाजी ३४ बर्षको धनन्जय साह नाम बताउने २ ठग ब्यक्तिहरुले निज अमृता कोइरालाले घाटीमा लगाएको सुनको सिक्री तेजाब , एसिड लगायत केमिकलमा हाली सफा गर्दिन्छु भनेर मागेर ठगी गरेका थिए।

उक्त सिक्री केमिकलमा धोएर बिल बमोजिमको सिक्री तौलमा हल्का भएकोले शंका लागेकोले स्थानीय सुन पसलमा तौल गर्दा उक्त सिक्रीको तौल बिल अनुसार ३ आना भन्दा बढ़ी सुन घटी देखएको र घटना स्थलमा जाँदा निजहरु घटना स्थलबाट फरार हुन खोजे पछि स्थानीय प्रहरी चौकी गछियाबाट खटी गएको प्रहरीले ठगलाइ पक्राउ गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाईएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.