Websoft University

नुवाकोटमा मिनिट्रक दुर्घटना–मृत्यु हुनेको सङ्ख्या २० पुग्यो


काठमाण्डौं,मंसिर २९ गते । रातो तारा डट कम,नुवाकोटको घ्याङफेदीमा हिजो राती भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।  दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने  १ जनाको अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताउनुभएको छ ।

रातको अबेरसम्म घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमान्डौं ल्याईएको छ । घाइते भएका १५ जनाको काठमान्डौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्यु संस्कारबाट गाउँ फर्कने क्रममा बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल रहेको तादी खोलामा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.