Websoft University

लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ


झापा, मंसिर २०  गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो साढे २ बजेको समयमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका-७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई लाई पक्राउ गरेको हो ।

 मे ५ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारि बरामद गरिएको हो ।

बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.