Websoft University

नेपाल खानेपानी संस्थानमा आन्दोलन जारी–२४ वटै शाखामा धर्ना जारी छ


काठमाडौं, मंसिर १९ गते । रातो तारा डट कम,नेपाल खानेपानी संस्थानमा १५ दिनदेखिको आन्दोलन जारी
छ । संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मंसिर २ गतेबाट जारी आन्दोलनबाट कर्मचारीका माग पूरा नभएको भन्दै मंसिर १० गतेदखि संस्थानको २४ वटै शाखा कार्यालयमा विहान १० बजेदेखि ११ बजेसम्म कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्ष घेराउ गरिएको संयुक्त कर्मचारी संघर्ष समितिका संयोजक रामजी अर्यालले जानकारी दिए ।
बिराटनगर -

संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने, रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने, संस्थानमा हुने अनियमितता रोक्नु पर्ने, राजनीति हस्तक्षेप बन्द गरिनुपर्ने, २०६६ सालमा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने, संस्थान दुहुनो गाई हुनबाट जोगाउनु पर्ने जस्ता माग राखेर गरिएको आन्दोलनले पूर्ण सार्थकता नपाउने अवस्थासम्म आन्दोलन कडा बनाउँदै लैजाने संघर्ष समितिका प्रवक्ता समिर पण्डितले जानकारी दिए ।

संस्थानको कार्यक्षेत्र भद्रपुर, धरान, विराटनगर, राजविराज, लहान, जनकपुर, जलेश्वर, गौशाला, विरगञ्ज, गौर, मलंगवा, कलैया, पोखरा, बुटवल, भैरहवा, कृष्णनगर, तौलिहवा, बहादुरगञ्ज, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर, हेम्जा, बनेपा, मिनरलवाटर कार्यालयमा १ घण्टा धर्ना दिएको संघर्ष समितिका सहसंयोजक पदमहरि राईले जानकारी दिए ।

आइतबार पोखरामा धर्नापछि भएको कोणसभामा संघर्ष समितिका सूचना अधिकारी केदार धमलाले कर्मचारीको एकतालेमात्र आन्दोलन सफल हुने धारणा व्यक्त गरे । संस्थानमा३ सय ५० करार र २ सय स्थायी कर्मचारीको समस्या हल नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । आन्दोलनलाई मन्त्रालयले सम्बोधन गर्दै सहसचिव मनोज घिमिरेको संयोजकत्वमा ३ सदस्य बार्ता टोली गठन गरिएको
छ ।

बर्ता टोलीमा उपसचिव टोलराज उपाध्याय, उपसचिव गुणराज श्रेष्ठ सदस्यमा छन् । बुधबार ३ बजे बार्ताको तयारी भएको मन्त्रालय बार्ता टोलीका संयोजक मनोज घिमिरेले जानकारी दिए ।
संस्थान व्यवस्थापनले समस्या समाधानमा ढिलासुस्ती गरेकोमा आन्दोलनरत कर्मचारीले आज पनि सबै ठाउमा चर्को नाराबाजी गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.