Websoft University

मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं,पुस १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरी अरु व्यक्तिका नाममा जग्गा धनी पूर्जा बनाउने तथा श्रेस्ता सच्चाएको अभियोगमा उनीहरु विरुद्द मुद्दा दायर गरिएको हो।

कार्यालय प्रमूख तिमल्सिनासहित मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जन कुमार खरेल, टाइपिस्ट जमुना कुमारी श्रेष्ठ, र कार्यालय सहयोगी हरि खड्का विरुद्ध मुद्दा दायर गरिएको हो।

किर्ते गरी जग्गा आफ्नो नाममा लिएका चन्दनकृष्ण कायस्थसहित अन्य १० जना विरुद्द अख्तियारले जनही ६ करोड रुपैयाँ विगो दाबीसहित मुद्दा दायर छ।

राजधानीको बुढानिलकण्ठ नगरपालिका, ९साविक विष्णु गाविस० वडा नं।–७ ग कित्ता नं। ३२३,३२५ र ३२९ गरी जम्मा साढे २ रोपनी जग्गा नक्कली जग्गाधनी चन्दन कृष्णका नाममा जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी कार्यालयमा रहेको श्रेष्तामा समेत फोटो टाँसी गैरकानूनी तरिकाले जग्गाको हक हस्तान्तरण गरेको पाईएको अख्तियारले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्त चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले उक्त गैरकानुनी कार्यका लागि चावहिल मालपोतका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको पाइएको अख्तियारले जनाएको छ।

उनीहरुले गैरकानूनी रुपमा तयार गरिएका कागजातका  आधारमा अधिकृत वारेसनामामार्फत पारित राजिनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री–वितरण तथा खरीद गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

यस्तो अवैध कायर्मा आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने गरी कर्मचारीहरूले बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याएको अभियोग अख्तियारले लगाएको छ। यो समाचार काजको नागरीक दैनिकमा छापिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.