Websoft University

डिभीएम स्कुलको बाल क्लबले बाँड्यो सिर्जनशिल आधारभुत बिद्यालयका बिद्यार्थीलाई स्वेटर


शिव भट्टराई -सुनसरी पुस ४ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीस्थित नेपाल डिभीएम स्कुलको बाल क्लबले सिर्जनशिल आधारभुत बिद्यालयका बिद्यार्थीलाई स्वेटर बाँडेको छ। क्लवले ५३जना बिपन्न  बिद्यार्थीलाई स्वेटर बितरण गरेको हो।

इटहरी वडा नम्बर ९(सुन्दरहरैँचा–४)स्थित सो बिद्यालयमा अध्ययनरत आर्थिक रुपले बिपन्न समुदायका बिद्यार्थीलाई बुधबार कार्यक्रमका गरेर न्यानो कपडा (स्वेटर)बितरण गरिएको हो। सो अवसरमा डिभिएम बालक्लवका बिद्यार्थीले सिर्जनशिल आधारभुत बिद्यालयका बिद्यार्थीलाई आँफैले स्वेटर लाईदिएका थिए।

नेपाल दयानन्द बैदिक मिसन ग्लोवल एकेडेमी इटहरी–९का बिद्यार्थीले शिक्षक एवं बिद्यालयका प्रवन्ध निर्देशकको साथमा सिर्जनशिल आधारभुत बिद्यालयमा पुगेर बिद्यार्थीलाई स्वेटर बितरण गरेका थिए। नेपाल डिभीएम बाल क्लब डिभिएम स्कूलमा गठित बिद्यार्थीको क्लब हो।

कार्यक्रममा डिभीएम स्कूलका प्रिन्सिपल बेणु सिटौलाले बेदले बिभेद नगर्ने भन्दै आँफु नजिकैको बिद्यालयमा अध्ययनरत साना बिद्यार्थीलाई अचानक बढेको जाडोमा न्यानो स्वेटर बितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
उहाँले दुवै स्कूललाई बुढिखोलाले तर्साउने गरेको भन्दै खोलाको दीर्घकालिन समस्याको समाधानका लागि योजना बनाएर अघि बढ्न सम्बन्धित निकायमा सुझाव दिनुभयो।

डिभिएम स्कूलका निर्देशक मातृका आचार्यले आफ्ना बिद्यार्थीले अघिल्ला बर्षहरुमा गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै जाडोमा न्यानो बाँढेकोमा बिद्यार्थीको प्रशंसा गर्नुभयो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिर्जनशिल आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश वस्ती, लगायतको उपस्थिी थियो।

कार्यक्रमको सञ्चालन सिर्जनशिल आधारभुत बिद्यालयका प्रधानाध्यापक चिन्तामणी ढकालले गर्नुभएको थियो। बिद्यालयमा अध्ययनरत साना नानीहरुलाई न्यानो कपडा बितरण गरेकोमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश वस्तीले डिभिएमका बिद्यार्थी तथा शिक्षकलाई धन्यबाद दिनुभयो।

डिभिएममा खेलकुद सप्ताह जारी

यसैबीच नेपाल दयानन्द बैदिक मिसन ग्लोवल एकेडेमी इटहरी–९मा जारी खेल सप्ताहमा बिभिन्न खेलहरु भईरहेका छन्। खेल सप्ताहमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेवल टेनिस, डजबल, कपर्डी, खोखो, स्पोन मार्वल, हिसा दौड, सेनस एण्ड मेमोरी, हाईजम्प, लङजम्प, दौड, सर्टपुट, ज्यावलिंग थ्रोलगायतका खेलहरु भईरहेका बिद्यालयका प्रिन्सीपल बेनु सिटौलाले बताउनुभयो।

प्रतियोगितामा बिद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा १०सम्म अध्ययनरत बिद्यार्थीले भाग लिएको सिटौलाले बताउनुभयो। खेलकुदमा प्रथम द्वितिय,तृतिय र सान्त्वनाहुनेहरुलाई यसैगरी समुहगत खेलहरुमा सहभागीता जनाउने सबैलाई फागुन ७ गते बिद्यालयको बार्षिकोत्सवका अवसरमा शिल्ड मेडल र ट्रफिद्वारा पुरस्कृत गरिने सिटौलाको भनाई छ।

फागुन ७ गतेको कार्यक्रममा भारतको पतञ्जली बिश्वबिद्यालयका उपकुलपति बाचस्पती कुलचन्द्र झालाई निमन्त्रणा गरिएको प्रिसिन्पल सिटौलाले बताउनुभयो। कार्यक्रममा डिभिएम सोसाईटी नयाँदिल्लीका म्यानेजर एसके मिश्रालगायतको टोली इटहरी आउने कार्यक्रम छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.