Websoft University

मिटरमा नजाने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गर्न सुरु


{फायल फोटो}
काठमाण्डौं,मंसिर २८  गते । रातो तारा डट कम,ट्राफिक प्रहरीले मिटरमा नजाने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्न सुरु गरेको छ । पाँच पटकभन्दा बढी पटक मिटरमा जान नमान्ने ट्याक्सी चाललको अनुमतिपत्र नै निलम्बन गर्न सुरु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयमा यो अभियान सुरु भएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सीआइएनलाई जानकारी दिनुभयो । उहाँले सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालेको बताउनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारबाही थालिएको हो । अहिले दैनिकजसो करिब एक सयसम्म ट्याक्सी चालक कारबाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.