Websoft University

नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चेतावनी


विराटनगर,/ रातो तारा डट कम,नेपाल बुध्दिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कावा अध्यक्ष रामेश्वर बिक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको
छ । सो कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक,आर्थिक,परराष्ट्र मामिला, र सुरक्षा लगाएत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मुल समस्या रहेको उल्लेख गरेका छन् । अवधारणापत्रमा सरकारले राष्द्रियता, जनतन्त्र,जनजीविका माथि खेलवाड गरेको उल्लेख छ ।

बजारमा महंगी, कालोबजारी र उपभोक्ताको शोषण अत्यधिक भएता पनि सरकार मुकदर्शक भएको साथै जनताका वास्तविक समस्याहरुलाई थाति राखेर कार्यकर्ता पोस्न तल्लिन रहको उल्लेख छ । संगठनका उपत्यका संयोजक प्रकाश अधिकारीले ब’ध्दिजीवी वर्ग नयाँ श्रमिकको रुपमा रहेको र संगठनले रबैलाई समेट्ने बताएका छन् ।

मन्तव्य राख्नेमा लव प्रधान,वलराम पोखरेल,वासुदेव राजवंशी, इन्सेक पुर्वाचल संयोजक सोमराज थापा, विवेकशिल पार्टीका अमलेश कर्ण लगाएत रहेका थिए । अवधारणापत्र माथि टिप्पणी गर्दै डा.तिर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपानेले वर्तमान संसदीय व्यवस्थाले जनताको चाहना पुरा संवोधन गर्न नसम्ने भएकाले एकजुट भएर लड्नु पर्ने भएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.