(फायल फोटो)
श्याम राई÷उदयपुर-गाईघाट,-मंशिर २१ गते ।
रातो तारा डट कम, यातायत सिन्डिकेट खारेजीसँगै तत्कालिन हिमाली यातायात संघ उदयपुरले हटाएका ५४ जना मजदुर कर्मचारी शुक्रबारदेखि पुःन काममा फर्किएकाछन् ।
संघले ति कर्मचारी मजदुरलाई पुन काममा लगाउने निर्णय गरे लगतै रोजगारी खोसिएका मजदुरहरु काम थालेकाछन् । संघको विहीबार बसेको बैठकले उनीहरुलाई पूर्नवहाली गर्ने निर्णय गरेको थियो ।
सरकारले देशै भरिका यातायात सेन्डिकेट खारेजी गरेसँगै तत्कालिन हिमाली यातायात संघले आर्थिक समस्या देखाएर संघमा आवद्ध ५ दर्जन मजदुर कर्मचारी हटाएको थियो । गत साउन १ गतेदेखि लागू हुनेगरि ति कर्मचारीलाई जागिरबाट निष्काशन गरेको थियो । तत्कालिन संघले कर्मचारी मजदुर हटाएपछि उनीहरु बेरोजगारी बनेका थिए ।
बेरोजगारीपछि ति मजदुर, कर्मचारी आश्रित परिवारका सदस्यहरु समस्यामा परेका थिए । संघले पियन, निरीक्षक र कार्यालय प्रमुखलाई एकै पटक हटाएको थियो । ति कर्मचारी मजदुरहरुले मासिक न्युनतम ७ हजारदेखि २७ हजार रुपैया तलब पाउँदै आएका थिए ।
संघले उनीहरुलाई तलब भत्ता बाहेक दशैं पेश्की, उपदान र संचय कोषको व्यवस्था गरेको थियो । संघ खारेजी सँगै सरकारले हिमाली यातायातको खाता रोक्का समेत गरेको छ । खातामा १ करोड भन्दा बढी रकम जम्मा हुनुको साथै जग्गा जमिन लगायतका अन्य भौतिक सामाग्री संघको नाममा रहेको छ । संघका अध्यक्ष ओम भक्त मैनालीले निष्काशन गरिएका सबै मजदुर, कर्मचारीलाई पूर्नवहाली गरिएको बताए ।
हामीले सबैलाई पून नियुक्ति गरेका छौ । तर उनीहरुलाई पारीश्रामिकको साटो निश्चित कमिशन दिने निर्णय गरेका
छौ ।’ अध्यक्ष मैनाली बताए ।

Post a Comment