Websoft University

सम्मेलनमा सहभागी हुन महासंघको आहृवान


काठमाडौ पुस २ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना हुने भएको छ । 

महासंघको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार एने कार्यान्वयनका लागि कार्ययोजना, महासंघको भावी रणनीति,  महासंघको सांगठनिक गतिविधिलगायतका विषयमा सम्मेलनमा छलफल हुने छ ।

सम्मेलनमा केन्द्रीय समितिसहित, महासंघको विधानबमोजिम गठन भएको दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २ सय सहभागी हुनेछन् ।

केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरड्ड शाखाको आतियतामा सम्मपन्न हुने राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको छ । महासंघ सबै सहभागीहरुलाई सम्मेलनमा सहभागी हुने आहृवान   
महासचिव- रमेश विष्टले प्रेस विज्ञप्ति मार्फत  जानकार गराएको छ ।  

    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.