Websoft University

साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


बिराटनगर मंसिर २९ गते । मोरंङको सुनवर्षि नगरपालिका-२ अमरदहमा रहेको साना किसान कृषि सहकारी संस्था.लि ले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभा मोरंग क्षेत्र नं.२ का प्रदेश सभा सदस्य लिला बल्लब अधिकारीको प्रमुख अतिथ्यता र यसै सहकारीका अध्यक्ष टेक बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, साना किसान कृषि सहकारी संघ मोरंगका सचिव रबिन्द्र आचार्य , साना किसान कृषि सहकारी संस्था दुलारीका प्रतिनिधि उदय अधिकारी लगायतले संस्थाको स्तर उन्नतिका लागी के कस्ता कार्य गर्नुपर्छ भन्ने विषयमा आफ्नु धारणा ब्यक्त गरेका थिए।

साधारण सभाको अवसर पारेर संस्थाले एकल महिला , उत्कृष्ट ब्यवसाय गर्ने समूहलाई सम्मान गरेको थियो।यस संस्थाले जम्मा १९लाख ७हजार ५०० सेयर पूँजी , ८८ हजार नाफा साथै पाँच सय नौ(५०९) सेयर सदस्य बनाउन सफल भएको छ भने साधारण सभा साना किसान कृषि सहकारी संस्था संचालक समितिका सदस्य प्रेम प्रसाद बस्तोलाद्वारा संचालन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.