Websoft University

डिभीएम बाल क्लबले सरस्वती माध्यमिक विद्यालयका ९०, दलित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्यो



शिव भट्टराई-इटहरी,पुस २ गते । रातो तारा डट कम,नेपाल डिभीएम बाल क्लबले सरस्वती माध्यमिक विद्यालयका ९० जना दलित समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको छ ।

इटहरी वडा नम्बर ३ मा रहेको उक्त विद्यालयका दलित समुदायका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकाबीच न्यानो कपडा (स्वेटर) वितरण गरिएको हो । सो अवसरमा अरु १७ जना विद्यार्थीलाई पनि न्यानो कपडा (स्वेटर) वितरण गरिएको छ ।

नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी इटहरी–९ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना शिक्षकहरुको साथमा सरस्वती मावि गएर स्वेटर वितरण गरेका थिए । नेपाल डिभीएम बाल क्लब डिभिएम स्कूलमा गठित विद्यार्थीहरुको क्लब हो ।

सो अवसरमा क्लबकी कोषाध्यक्ष हेलिस पौडेलले आफूहरुले खाजा खर्चको रकम बचाएर आफ्ना विद्यार्थी साथीहरुलाई न्यानो कपडा वितरण गरेको बताइन् । कपडा वितरण कार्यक्रममा क्लबका अध्यक्ष विकास यादवलगायत क्लबमा आवद्ध विद्यार्थीहरु सहभागि भएका थिए ।

उक्त कार्यक्रममा डिभीएम स्कूलका प्रिन्सिपल वेणु सिटौलाले सरस्वती स्कूल र डिभिएम स्कूलबीच अब मित्रताको सम्बन्ध कायम हुने बताए । उनले दुवै स्कूलको स्तर उन्नतीका लागि मित्रताको सम्बन्ध आवश्यक रहेको बताए ।

डिभिएम स्कूलका निर्देशक मातृका आचार्यले सामुदायिक विद्यालयसँग सम्बन्ध विस्तारको अभियान नै सञ्चालन गर्ने बताए । सो कार्यक्रमको सञ्चालन सरस्वती माविका प्रधानाध्यापक लेखनाथ भट्टराईले गरेका थिए ।

साथै न्यानो कपडा वितरण टोलीलाई सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम निरौलाले धन्यवाद दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.