Websoft University

मोरङको जहदा-१ मा सीमा मिचेर भारतले नेपाल तिर बाटो बनाउन थाले पछि जनताले खेदे तर सरकार बोलेन


विराटनगर / रातो तारा डट कम, नेपाल भारतको सीमा क्षेत्र त्यो पनि दशगजामा नै भारतले बनाउन लागेको बाटोको स्थानीयले विरोध गरेर रोकेका छन् ।
एक साता देखि मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबञ्जरको दशगजामा भारतले बनाउदै गरेको बाटो प्रहरी प्रशासनले रोक्न नसकेपछि स्थानीय आफैले निर्माण कार्य रोक्न लगाएका हुन् ।
बिहारको मुख्यमन्त्रीको गलीनाली योजना अन्तर्गत बनाइएको सो बाटो ४ फिट अग्लो रहेको छ । दशगजा भित्रै बनाइएको सो बाटो निर्माण पछि नेपाल तर्फको भूभाग डुबानमा पर्ने भएकाले स्थानीयवासीले प्रहरी प्रशासनलाई जानकारी गराए पनि प्रहरीले चासो नदिएको जहदा गाँउपालिका वडा नं. १ का वडाध्यक्ष प्रदीपचन्द्र यादवले बताउनु भयो । उहाँले स्थानीय जनताको अग्रसरतामा नै सडक निर्माण रोकिएको पनि बताउनुभयो ।
बिहारका विधायक मञ्चन केशरीको विधायक फण्डबाट करिब ४ लाख १५ हजार भारतीय रुपैयाँमा सो पीसीसी बाटो निर्माण भईरहेको थियो ।
बिहारको कुशमाहा ग्राम पञ्चायत वडा नं. ४ आमगाछीको दशगजामा करिब २ सय मिटर बाटो निर्माण भईसकेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित बिहार सरकारले दशगजामा बाटो बनाउनु गलत भएको संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।
प्रहरी प्रशासनले चासो नदिदा बाटोको निर्माण रोक्न स्थानीय आफै जुट्नु परेको छ । सीमाको सुरक्षामा स्थानीयवासी जुर्मुराएको सप्तरी पछिको यो दोश्रो घटना हो । तारा आचार्य

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.