इलाम, मंसिर २२ गते । रातो तारा डट कम,इलामको रोङ गाउँपालिका २ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन ।
इलामबाट बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज ३०२२ नम्बरको बलेरोले बिपरित दिशाबाट आउदै गरेको ONTEST स्कुटरलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक झापा हल्दीबारी गा.पा.३ बस्ने बर्ष ५५ को राम प्रसाद प्रसाई गम्भिर घाइते भएका छन ।
घाइते उनको बिएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ भने बलेरो र चालकलाई ईलाका प्रहरी कार्यालय अनार मनीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment