Websoft University

भू–राजनीतिक संतुलन कायम हुन नसकेमा मुलुकको संघियता टिक्न नसक्ने:सभामुख महरा


श्याम राई-उदयपुर-गाईघाट,मंशिर १८ गते ।
रातो तारा डट कम, सभामुख कृष्ण वहादुर महराले
भू–राजनीतिक संतुलन कायम हुन नसकेमा मुलुकको संघियता टिक्न नसक्ने बताएकाछन् ।

जिल्ला संमन्वय समिति उदयपुरले मंगलबार आयोजना गरेको संविधान र संघियत कार्यान्वयन र अन्तर संवाद कार्यक्रममा बोल्दै सभामुख महराले दुई विशाल मुलुकको बिचमा रहेको नेपालले दुबै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नु पर्ने बताए ।‘

हामीले दुबै मुलुकसँग सुमधुर सम्बन्ध राख्नु पर्छ । दुबै मुलुक बिचको सम्बन्धले संघियता कार्यान्वयनमा ठूलो मद्धत पुग्छ ।’ उनले भने । दुबै देश विच सम्बन्ध सन्तुलन राख्न नसके संघियता कार्यान्वयनमा कठिनाई हुन्छ । उनले भने ।

अहिले संघियता असफल बनाउन केही तत्व लागि परिरहेकोले बाह्रय शक्तिको चलखेल हुन नदिन निकै सचेत रहनु पर्ने उनले बताए ।
मुलुककै पिच्छे आ–आफ्नो मोडेलमा आधारीत संघियता रहे पनि नेपालले आफनै मौलिकता आधारीत नभएमा संघियता कार्यान्वयनमा जटिलता आउन सक्ने उनले बताए ।

जनतामा आधारीत नभएकै कारण विगतका शासन व्यवस्था टिक्न नसकेकोलेले अहिलेको शासन व्यवस्था जनता आधारीत हुनु पर्ने उनले बताए ।
सभामुख महराले संघियता पहिचान र स्थानीय जनताको अधिकारमा आधारीत भएर चल्नु पर्ने बताए ।

बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुन नसक्ने बरु परिमार्जित हुदै जाने उनले बताए ।
सभामुख महराले निर्यात भन्दा आयात बढी भएकै कारण मुलुकले आर्थिक बृद्धि दर हासिल गर्न नसकेकोले देश सम्बृद्धि तर्फ जान नसकेकोबताए ।

विकास निर्माण र वित्तिय परिचालन गर्ने परीपाटी गलत रहेकोले यसलाई सुधार गर्नु पर्ने महराले बताए । उनले स्थानीइ तहले केन्द्र मुखी नभएर आफनै श्रोत साधन परिचालन गरेर उत्पादन बृद्धि र रोजगारीको अवसर सृजना गर्नु पर्ने बताए ।

अहिले हाम्रो विकासको मोडेल र वित्तिय परिचालन अराजक खालको रहेको भन्दै उनले त्यसलाई सुधार गर्नु पर्ने बताए । सभामुख महराले स्थानीय सरकारले मेलमिलाप मै आधारीत न्याय प्राणालीलाई जोड दिनु पर्ने बताए ।

स्थानीय जन प्रतिनिधिले ढण्ड जरिवाना तोक्ने परिपाटी छाडेर मेल मिलापको नीति अंगिकार गरेर न्याय सम्पादन गर्नु पर्छ । अनि मात्र जनताले संघियताको अनुभूति गर्न पाउने
छन् । उनले भने ।

प्रशासन सुधार आयोगका अध्यक्ष एंव प्रशासन विद् काशीराज दाहालले स्थानीय सरकारले जनताले बुझ्ने र जान्ने किसीमको सरल कानून निर्माण गर्नु पर्ने बताए ।

उनले आफनो महत्वकांक्षी अनुसार कानून नवनाएर जनताको हितमा कानून बनाउन जन प्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्ष दाहालले स्थानीय तहले विकास, निर्माण, सुशासन रोजगारी र शिक्षा क्षेत्रमा बढी जोड दिनु पर्ने बताए ।

उदयपुरको चार नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख उप–प्रमुख, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख र संचारकर्मीको सहभागिता रहेको उक्त अन्तर संवाद कार्यक्रम मुलुककै पहिलो पटक आयोजना गरिएको हो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.