Websoft University

जोइन्ट हेन्ड युथ सोसाइटीको शव वहान खरिदको योजना सफल बनाउन २५ हजार सहयोग



बुधबारे, पौष ७  गते  । रातो तारा डट कम,सामाजिक सेवामा समर्पित जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिलाई इसाई समाज बुधबारेले आर्थिक सहयोग गरेको छ । जोइन्ट हेन्ड युथ सोसाइटीले विपन्न, अशक्त, असाहय वर्गका लागि विभिन्न सहयोगका कार्यहरु गरेको भन्दै त्यसको मुक्त कण्ठले प्रशंसा गर्दै शव वहान खरिदका लागि इसाई समाज बुधबारेले नगद २५ हजार सहयोग गरेको हो ।

खिष्टमसको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजले शनिबार सो सहयोग रकम सोसाइटीका अध्यक्ष संञ्जील प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले र सदस्य केशव तिम्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो । बुद्धशान्ति ३ मा भएको सो कार्यक्रममा इसाइ समाज बुधबारेका अध्यक्ष पाष्टर आमोस कटवालले २५ हजार बरावरको चेक हस्तान्तरण गरेका हुन् ।

 कटवालकै अध्यक्षतामा भएको कार्यक्रममा राजु चाम्लिङ, राजन वस्नेत, निमा तामाङ लगायतले जोइन्ट हेन्डले सामाजिक उत्तरदायित्वका लागि सो क्षेत्रमा शव वहान खरिद गर्नका लागि थालेको अभियानको पूर्ण सफलताको शुभकामना दिएका थिए । शव वहान खरिदका लागि इसाइ समाजले सहयोग गरेकामा सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले समाजको मुक्त कण्ठले प्रशंशा गरेका छन् ।

उनले जोइन्ट हेन्ड युथ सोसाइटी विशुद्ध सामाजिक कार्यका लागि स्थापित भएको र विगतका दिनमा विपन्न असाहय वर्गका लागि सेवामुलक कार्यहरु गरेको स्मरण गराएका छन् । उनले बुद्धशान्ति क्षेत्रमा शव वहान खरिदको लक्ष्य लिएर सोसाइटी अघि बढिरहेको बताउँदै सवैलाई सो अभियान सफल बनाउन अनुरोध गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.