रातो तारा डट कम,
विराटनगर र मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको छैटौं दिन पनि १६ हजार भन्दाबढी टिकट बिक्री भएको छ । बिराट एक्सपो २०७५, अन्तराष्ट्रीय व्यपार मेलामा टिकटको मारामारी दैनिक १६ हजार भन्दाबढी टिकट बिक्री हुदैछ ।
गायीका इन्दिरा जोशी, र्यापर गिरीस खतीवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती रहेको थियो । मेलामा चर्चित कलाकारहरु आएपछि एकै दिन १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जानकारी दिएको छ । मेलामा दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुती दिइरहेका छन् ।
इन्दिरा जोशीले आप्mनो चर्चित आधा दर्जन गित गाएर मनोरञ्जन दिइन भने निलम ढुङ्गानाले तीनवटा नृत्य गरेकी थिइन । त्यस्तै र्यापर गिरीस खतीवडाल आधा घण्टाजती र्यापरले एक्स्पोमा थप मनोरञ्जन दिएका थिए ।
मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक मोरङ व्यापार संघले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन लिदै आएका हुन् ।
दर्शक स्रोताको ढुकढुकमी बस्न सफल भएका कलाकार एक्स्पोमा ल्याएपछि ग्राहकहरूले सामान मात्र खरिद गरेर जादैनन मनोञ्जन समेत लिएर जाने गरेका छन् । एक्स्पो उद्घाटन भएको दिन चर्चित गायक सविन राईबाट सांगीतिक धमकाको प्रारम्भ भएको कार्यक्रममा अहिलेको यूवा पुस्ताको रोजाइमा परेका गायक÷गायिकाहरूले आफ्नो प्रस्तुती दिइसकेका छन् । मेलामा हरेक दिन हुने सांगितिक कार्यक्रममा टच डान्स सेन्टर, मिस्ट्री डान्स गाइज र भाइरल हुड क्रीयलगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिदैकाएका छन् ।
एक्स्पोका संयोजक अनुपम राठीले मेलामा दर्शको उल्लेख्य सहभागिता भएको बताए । मेला अवधिभरी राष्ट्रिय स्तरका कलाकार र स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने राठीले जानकारी दिए
Post a Comment